सुरक्षा तथा अपराध :

ठुलो संख्यामा लागु औषध सहित कर्ण पक्राउ

बुधबार, माघ ३, २०८०

वीरगंज। पर्सा प्रहरीले ठुलो संख्यामा लागुऔषध एम्पुल सहित एकजनालाई वीरगंजबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छप्कैया बस्ने वर्ष ५० को बब्लुलाल कर्ण रहेका छन।

बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डमा चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी जम्मा १५ सय एम्पुल फेला परेपछि रिक्सा चालक कर्णलाई समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

लागु औषध सहित पक्राउ परेका कर्णलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय