जानकीटोला नाका :

बर्डफ्लुको त्रासबीच भारतीय चल्लाको अवैध ओसारपसार, सुरक्षाकर्मीमाथि संरक्षणको आरोप

आइतबार, जेठ २४, २०८३

वीरगञ्ज । नेपालका विभिन्न क्षेत्रमा बर्डफ्लुको जोखिम बढिरहेका बेला पर्साको सीमावर्ती जानकीटोला नाकाबाट भारतीय कुखुराका चल्ला तथा अन्य सामानको व्यापक तस्करी भइरहेको छ।

स्थानीय बासिन्दाले नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा अवैध कारोबार मौलाएको गुनासो गरेका छन्।

पर्साको ग्रामीण क्षेत्र अन्तर्गत पर्ने जानकीटोला, असवारी, पाण्डेपुर लगायतका सीमावर्ती नाकाबाट प्रतिबन्धित भारतीय कुखुराका चल्ला, मुर्गा, कपडा, हार्डवेयर सामग्रीको अवैध कारोबार खुलेआम भइरहेको स्थानीयहरूको दाबी छ। 

स्थानीय स्रोतका अनुसार शेख अदालत र राजीन्द्र साह समुहले दैनिक १० देखि १५ वटा मोटरसाइकल प्रयोग गरी भारतबाट कुखुराका चल्ला नेपाल भित्र्याएर विभिन्न कुखुरा फार्मसम्म पुर्‍याउने गरेका छन्।

खुरपात भनिनेले १० वटा मोटरसाइकलले भारतीय मुर्गाको ओसार पसार गरिरहेका छन । बर्डफ्लुको जोखिम बढिरहेका बेला यस्तो अवैध चल्ला आयातले पशु स्वास्थ्य र जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने सरोकारवालाको चिन्ता छ।

भालुले किराना,अनुरागले किराना ,अफताबले मिठा, नारायणले किराना र असलमले २ वटा मोटरसाइकलमा कपडाको तस्करी गरिरहेका छन ।

सीमाक्षेत्रका बासिन्दाका अनुसार तस्करीमा संलग्न समूहले बिहान, दिउँसो, साँझ तथा रातिको समयमा समेत निर्बाध रूपमा मालसामान नेपाल भित्र्याइरहेका छन्।

स्थानीय स्रोतका अनुसार जानकीटोला नाका हाल तस्करहरूको लागि सुरक्षित मार्ग बन्दै गएको छ।

भारतबाट अवैध रूपमा ल्याइने सामान डकैला, बहुअर्वा र बढनिहार हुँदै जितपुर बजारसम्म सहज रूपमा पुग्ने गरेको दाबी गरिएको छ।

सीमावर्ती क्षेत्रका बासिन्दाले इलाका प्रहरी कार्यालय जानकीटोला तथा सशस्त्र प्रहरी बलको भिखमपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको संरक्षणमै तस्करी भइरहेको आरोप लगाएका छन्।

स्थानीयले प्रहरी चौकी जानकीटोलाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) अर्जुन पण्डितमाथि समेत गम्भीर प्रश्न उठाएका छन्। साझ पर्नासाथ सई पण्डितसंग तस्करसमुहको उठ बस हुने गरेको आरोप लागेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बलको भिखमपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मका डिएसपी सुमन
बोगटीले आफना बिस्वासपात्र राजेश मल्ललाई घुमुवाको रुपमा खटाएका छन । घुमुवा टोलीले तस्कर समुह संग अवैध रकम असुली लाईन दिने गरेका छन ।

स्थानीयका अनुसार सर्वसाधारणले सामान्य सामान ल्याउँदा कडाइ गरिए पनि ठूलो परिमाणमा हुने तस्करी भने सहज रूपमा भइरहेको छ।

स्थानीय बासिन्दाले खुला सीमाको दुरुपयोग गर्दै सुरक्षाकर्मीहरूसँग मिलेमतो गरी अवैध कारोबार सञ्चालन भइरहेको आरोप लगाएका छन्। सम्बन्धीत निकायले यसतर्फ ध्यान दिन आवश्यक छ । 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय