Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
नवरात्रि :

वीरगञ्जको गहवामाई मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइयो, खोइछ भर्न महिला भक्तजनको घुइँचो

वीरगञ्ज । वीरगञ्जको प्रसिद्ध शक्तिपीठ भगवती गहवामाई मन्दिरमा बडादसैँको अवसरमा फूलपाती भित्र्याइएको छ।

मालपोतस्थित निशान भगवती माताको मन्दिरबाट ल्याइएको फूलपाती गहवामाई मन्दिरमा विधिपूर्वक भित्र्याइएको हो।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायका प्रमुख तथा स्थानीयवासीको उल्लेख्य उपस्थितिमा विशेष पूजाआजा सम्पन्न भएको थियो।

फूलपाती भित्र्याउने धार्मिक परम्पराले मन्दिर परिसरमा उत्सवमय वातावरण सिर्जना गरेको थियो।

फूलपाती भित्र्याइएसँगै गहवामाई मन्दिरमा महिला भक्तजनहरूले परम्पराअनुसार खोइछ भर्ने धार्मिक अनुष्ठानसमेत गरिरहेका छन्।

बडादसैँको महत्वपूर्ण दिन फूलपातीका अवसरमा गहवामाई मन्दिरमा पूजाआजा तथा दर्शनका लागि भक्तजनहरूको चहलपहल बढेको छ।

धार्मिक आस्था र परम्परासँग जोडिएको यस पर्वले वीरगञ्जमा दसैँको रौनक थपेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्