नेभिगेशन
समाज
समसामयिक :

पत्रकार यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त शिविर

४ सय जनाले गराए स्वास्थ्य परीक्षण

बारा । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।

पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युरो हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको सहयोगमा शिविर आयोजना गरिएको हो।

स्थानीय नेराप्रावि विद्यालयको परिसरमा बिहान ९ बजेदेखि सुरु भएको शिविरमा महिला तथा पुरुष गरी करिब ४ सय जनाले निःशुल्क आँखा तथा दन्त परीक्षण गराएका छन्।

शिविरमा सहभागी स्थानीयवासीको आँखा तथा दाँतको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको स्थानीयबासीले बताएका छन । 

पत्रकार यादवको पहलमा ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको थियो । 

स्थानीयवासीले आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा पाउँदा राहत महसुस गरेको पत्रकार यादवले बताए ।

उनले पछिल्लो समयमा जनप्रतिनिधिहरु जनतको समस्यामा दुरी बढाउँदै गएको गुनासो गर्न थालेपछि निशुल्क परिक्षणको लागी पहल गरेको बताए । 

साथै शिविरमा पत्रकार यादवले पत्रकारीताको माध्यमले मात्र नभई जनताको हरेक सुखदुखमा आफु साथमा रहेको प्रतिवद्धता पनि व्यक्तm गरेका  थिए । 

शिविरमा युवाहरु सन्तोष यादव भोला , राजेश पंडित , मनोज मण्डल , सरोज मण्डल , यश मण्डल , कमलेश मण्डल सहितका स्थानीय युवाहरुको सहभागीता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्