Chhath Banner
Chhath Banner
नेभिगेशन
अर्थ वाणिज्य
समसामयिक :

पैतृक गाउँ मनियारीमा पूर्वमन्त्री प्रदीप यादवले मनाए छठ पर्व

वीरगञ्ज । नेपाल सरकारका पूर्वमन्त्री प्रदीप यादवले आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठ महापर्व मनाएका छन्।

छठ पर्वको अवसरमा पूर्वमन्त्री यादव आफ्नो गाउँ मनियारी पुगेर गाउँले तथा स्थानीय बासिन्दासँगै छठ पूजा गरेका हुन्।

उनले गाउँलेहरूसँग मिलेर श्रद्धा, भक्ति र आस्थाका साथ लोकआस्थाको महापर्व छठ मनाएका छन्।

छठ पर्व मनाउने क्रममा पूर्वमन्त्री यादवले छठी मातासँग देश तथा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

साथै देशमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अझ बलियो बनोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।

आफ्नो जन्मभूमि तथा पैतृक गाउँमा पुगेर गाउँलेहरूसँगै पर्व मनाउँदा स्थानीयवासीसँगको आत्मीय सम्बन्ध र सामाजिक एकताको भावना थप मजबुत हुने विश्वास गरिएको छ।

तराई–मधेशको मौलिक संस्कृति, परम्परा र लोकआस्थासँग जोडिएको छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्ने परम्परा रहेको छ।

पूर्वमन्त्री यादवको जन्मभूमि, संस्कृति र परम्पराप्रतिको आत्मीयता झल्काएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्