नेभिगेशन
अर्थ वाणिज्य
धर्म कर्म :

आस्थाको महापर्व छठ आजदेखि सुरु, पहिलो दिन श्रद्धालुहरूले मनाउँदै ‘नहाय–खाय’

वीरगञ्ज । तराई–मधेशसहित देशभर श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि सम्पन्न गर्दैछन्।
छठ पर्वको पहिलो दिन व्रतालुहरूले बिहानै नदी, पोखरी तथा जलाशयमा स्नान गरी घर तथा पूजास्थलको सरसफाइ गर्ने परम्परा रहेको छ।
यस दिन शुद्धता र पवित्रतालाई विशेष महत्व दिइन्छ। व्रतालुहरूले सात्त्विक भोजन ग्रहण गरी छठ पर्वको धार्मिक अनुष्ठान प्रारम्भ गर्छन्।
सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरिन्छ।
नहाय–खायपछि दोस्रो दिन ‘खरना’ मनाइन्छ। त्यसपछि तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।
छठ पर्वलाई प्रकृति, पर्यावरण र सूर्य उपासनासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा समेत लिइन्छ।
यस पर्वले सामाजिक सद्भाव, पारिवारिक एकता र धार्मिक सहिष्णुताको सन्देश दिने गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्