नेभिगेशन
अर्थ वाणिज्य
समसामयिक :

वीरगञ्जको मुर्लीमा छठ पूजाका लागि १९ लाखको बजेट सार्वजनिक, आम्दानी र खर्च पारदर्शी बनाउने प्रतिबद्धता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित श्री छठ पूजा व्यवस्थापन समितिले छठ पर्व २०८३ को तयारीका लागि १९ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार छठ पूजाका लागि १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

जसमा टेन्ट व्यवस्थापनका लागि १० लाख, पुरस्कारका लागि ५ लाख १९ हजार, मूर्तिका लागि ५० हजार, फ्लेक्स प्रिन्टका लागि ३५ हजार, महाआरतीका लागि ३० हजार, चटाईका लागि ३० हजार, तानाका लागि ३५ हजार, क्यामेराका लागि २५ हजार, माटोका लागि २० हजार र विविध शीर्षकमा १ लाख २५ हजार रुपैयाँ छुट्याइएको पत्रकार सम्मलेनमा छठ पुजा व्यवस्थापन समितिका सुजित मण्डलले जानकारी दिए।

त्यसैगरी, समितिले आम्दानीतर्फ चन्दाबाट ११ लाख र चिठ्ठाबाट ८ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ। यसरी समितिको कुल अनुमानित आम्दानी र खर्च दुवै १९ लाख रुपैयाँ रहेको छ।

यस वर्षको छठ पूजालाई व्यवस्थित र आकर्षक बनाउन महाआरती, चटाई तथा तानाको व्यवस्था, थप लाइट जडान र ५० जना स्वयंसेवक परिचालन गर्ने कार्यक्रमसमेत समेटिएको अध्यक्ष राजु गुप्ताले बताए ।

समितिले छठ पूजामा संकलित रकमको पारदर्शी हिसाब एक साताभित्र सार्वजनिक गर्ने तथा चिठ्ठाको नतिजा तीन दिनभित्र पत्रिकामार्फत प्रकाशन गर्ने प्रतिबद्धता जनाएको छ।

समितिको यस पहलले छठ पर्वलाई व्यवस्थित बनाउनुका साथै आर्थिक पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पत्रकार सम्मलेनमा नेपाली काँग्रेस वडा नम्बर १२ को सभापति जवाहिर गुप्ता लगाएत स्थानियको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्