नेभिगेशन
समाज
समसामयिक :

वीरगञ्जमा ७ ग्राम लागूऔषध ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत, बिहार पूर्वी चम्पारण रक्सौल अनुमण्डल लौडहिया–५ निवासी ३१ वर्षीय दिनेश प्रसाद रहेका छन ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डमा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बरको कारलाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा चालक बस्ने सिटको माथिल्लो भागमा लुकाइछिपाइ राखिएको प्लास्टिकभित्र ७ ग्राम फेला परेको लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति र बरामद पदार्थसहित कारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्