Chhath Banner
Chhath Banner
नेभिगेशन
अर्थ वाणिज्य
छठ महापर्व :

लोकआस्थाको महापर्व छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ।

छठ पर्वको तेस्रो दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी माताको पूजा आराधना गर्नेछन्।

यस अवसरमा वीरगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा रहेका नदी, पोखरी, तलाउ तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाइएको छ।

छठ पूजाका लागि घाटहरूको सरसफाइ, सजावट तथा व्यवस्थापन गरिएको छ भने पूजास्थलमा भक्तजनहरूको चहलपहल बढेको छ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुने परम्परा रहेको छ।

सन्तानको सुख, परिवारको स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रतालुहरू कठोर व्रत बसेका छन्।

छठ पर्वले प्रकृति, सूर्य र जलप्रतिको सम्मान तथा सामाजिक सद्भावको सन्देशसमेत दिने गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्