वीरगंज- पर्सा प्रहरीले भारततर्फ गाँजा ओसारपसार गर्दै गरेको कारबाट २० किलो ६७० ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, पञ्चायत गाउ डुमरा बस्ने ३३ वर्षीय रहमद अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरिक्षक डिएसपी चक्र बहादुर मल्लका अनुसार विशेष सूचनाको आधारमा जगरनाथपुर गाउँपालिका–४ सुहपुर हुलाकी सडकखण्डमा प्रहरी चौकी पिडारीगुठीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेको BR06BH 5496 नम्बरको भारतीय कार जाँच गर्दा पछाडिको सिटमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको हो।
बरामद गाँजा, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मल्लले जानकारी दिए ।
प्रकाशित मिति:
मंगलबार, साउन ५, २०८३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
समाज
विशेष खोज
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य



