नेभिगेशन
समाज
लागुऔषध :

पर्सामा २०७ केजी गाँजासहित पिकअप र चालक पक्राउ

वीरगंज- पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा पिकअप चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्ठाको संयुक्त टोलीले साउन १९ गते राति करिब ९:४५ बजे विन्दवासिनी गाउपालिका -५ सडकखण्ड हुदै भिष्वा तर्फ गईरहेको प्रदेश–३–०१–२४ च ७८२८ नम्बरको टाटा योद्धा पिकअप चेकजाचका लागी रोकेको थियो।

चेकजाँचका क्रममा पिकअपको बडीभित्र लुकाएर राखिएको २०७ केजी लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

बरामद गाँजा, पिकअप तथा पक्राउ परेका चालकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्