भन्सार छली :

ड्राईपोर्ट र अलौं नाका प्रयोग गरी चकलेटको आडमा भेप तस्करी,भन्सारले समाएपछि खुल्यो रहस्य

सोमबार, माघ १२, २०८२

वीरगंज । वीरगंजको ड्राईपोर्ट र अलौं नाका प्रयोग गरी चकलेटको आडमा डिजिटल चुरोट भेपको तस्करी भईरहेको पुष्टि भएको छ ।

विशेष सुचनाको आधारमा वीरगंज भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छलिको महंगा चकलेटहरु राखेको सुचनाको आधारमा छापामारी गर्दा २ कार्टून भेप बरामद भएको हो ।

भन्सार स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्मको टोलीले बाराको नितनपुरमा रहेको एक गोदाम बाट करिब ३ लाख मुल्य बराबरको २ कार्टुन भेप चुरोट बरामद गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

ड्राईपोर्ट र अलौंको नाका प्रयोग गरेर स्थानीय विजय,रोशन र रविन्द्र नाम गरेका तस्कर समुहले महंगा चकलेटहरुको ठुलो संख्यामा भन्सार छलि गरि अठराहा सुगौलीको बाटो हुदै उदयपुर घुर्मी हड्डी फ्याक्ट्री भएर जगरनाथपुर ढाट हुदै नितनपुर सम्म पुर्याउने गरेको सुचना हामी कहा आएपछि विस्तृत रुपमा बुझदै जादा उक्त गोदाम फेला परेको सशस्त्र प्रहरी स्रोतले जनायो ।

चकलेट भनेर गोदाम खोल्दा २ कार्टून भेप चुरोट बरामद भएपछि तस्कर समुहले भारत बाट महंगा चकलेट ल्याउने र नेपालबाट भारत तर्फ चकलेटको आडमा डिजिटल चुरोट भेपको तस्करी गर्ने गरेको पुष्टि भएको छ ।

चकलेट तस्कर समुहले सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा बाट खटिने टोली ईन्चार्ज सई राजेन्द्र बस्नेतलाई,अलौं गुल्मलाई र ड्राईपोर्ट स्थित रहेको विओपीलाई आर्थिक प्रभावमा पारेर दैनिक १ दर्जन भन्दा बढी मोटरसाइकलहरुमा निर्वाध तस्करी चलाएको सशस्त्र प्रहरी स्रोतले जनायो ।

सशस्त्र प्रहरीको ड्राईपोर्ट विओपी ईन्चार्ज हेमन्त सिंह ठकुरी संग चकलेट तस्कर समुहका नाईकेले मामा भान्जाको साईनो गासेर लखनऊ लुट मचाएको सशस्त्र प्रहरी स्रोतले जनायो ।

यस्ता गैर जिम्मेवार सशस्त्र प्रहरी अधिकारीहरु माथी सशस्त्र प्रहरी बल नेपाल हेड्क्वाटरले विशेष निगरानी बढाउन जरुरी छ । 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय