समसामयिक :

पर्सामा सशस्त्र प्रहरीद्वारा भन्सार क्षेत्रबाट ९ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

बिहीबार, चैत १२, २०८२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

विहिबार दिउँसो करिब ३:३० बजे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा वीरगञ्जबाट सप्रसनि मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको चेकप्वाइन्ट टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गरेको थियो।

जाँचका क्रममा ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहले मोटरसाइकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरेर लुकाई ल्याउँदै गरेको स्रोत नखुलेको नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको नगद नेपाली १ हजार दरका ९०० थान नोट रहेको छ, जसको कुल रकम ९ लाख रुपैयाँ हुन्छ।

नगदसहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय