समसामयिक :

वीरगंज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न

सोमबार, पुस १४, २०८२

वीरगंज । वीरगंज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनबाट यसअघि गएको असोजमा भएको विशेष अधिबेसनमा कटौति गरिएको वडाको २५ प्रतिशत बजेटलाई पुन थप गर्ने प्रस्ताब पारित भएको छ । 

गएको भदौ २३/२४ गते जेन्जी आन्दोलनका कारण महानगरमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन भएको थियो ।

विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुननिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौति गरेको थियो । 

पुननिर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत रहने गरि अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्था समेत जानकारी गराउनु भएको थियो ।

अहिलेसम्म बिनियोजन गरिएको कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको पनि उहाँले जानकारी दिनुभयो । 

खर्चको प्रतिशत हेर्दा अहिलेसम्म बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ ।

चालु खर्च तर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२.६४ प्रतिशत रहेको प्रमुख सिंहले जाकारी दिनुभयो । 

महानगरपालिकाले यसै आर्थिक वर्षभित्र शुलभ औषधी पसल, प्रयोगशाला विस्तार, नगर अस्पताल संचालनमा ल्याउने लक्ष्य समेत राखेको छ । 

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय