सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालय भवनमा भएको आगजनी र त्यसपछिको लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५, बडसौराका २२ वर्षीय सुधीर पटेल रहेका छन्। नगर प्रहरी प्रमुख हरि भुसालको नेतृत्वमा खटिएको टोलीले पटेललाई चोरीका विभिन्न सामानसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, आगजनीपछि उत्पन्न अराजक परिस्थितिको फाइदा उठाउँदै केही व्यक्तिले कार्यालयभित्रका महत्त्वपूर्ण सामग्रीहरू लुटेका थिए।
पक्राउ परेका पटेलको साथबाट ठूलो मात्रामा सामान बरामद गरिएको छ, जसमा ९ थान हार्ड डिस्क, ३ थान क्यामेरा, ९ थान डेस्कटप मनिटर, १ थान सिपियू, साथै विभिन्न केबल र अन्य विद्युतीय उपकरणहरू समावेश छन्।
पक्राउ परेका पटेललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको छ। प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएको छ।