नेभिगेशन
समाज
समसामयिक :

वीरगञ्ज–रक्सौल नाकाको फेरिएको मुहार: विकासले बढायो आकर्षण, मेयर सिंहको पुनरागमनको प्रतीक्षामा नगरवासी

वीरगंज- नेपालकै प्रमुख आर्थिक नाका वीरगञ्ज–रक्सौल सीमा क्षेत्रको दृश्य हिजोआज पूर्ण रूपमा बदलिएको छ ।

विगतमा वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने जो-कोहीले पनि हिलो, धुलो र दुर्गन्धको सास्ती भोग्नुपर्ने बाध्यता थियो, जसले गर्दा देशकै पहिलो छाप (First Impression) बिग्रिएको थियो ।

तर, नगरवासीका प्रिय नेता एवं वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कुशल नेतृत्व र दृढ इच्छाशक्तिका कारण अहिले यो क्षेत्रको पहिचान नै फेरिएको छ ।

हिजोआज वीरगञ्ज भित्रिने पर्यटक तथा आगन्तुकहरू नाक थुनेर होइन, वीरगञ्जको नयाँ रूप, हरियाली र सौन्दर्यलाई आफ्नो क्यामरामा कैद गर्दै, उत्साहका साथ सेल्फी खिचेर नेपाल प्रवेश गर्ने गरेका छन् ।

मेयर राजेशमान सिंह निर्वाचित भएर आएपछि वीरगञ्जलाई स्वच्छ, हरियाली र सुन्दर सहर बनाउने अभियानले तीव्रता पाएको थियो ।

महानगरले चालेका केही मुख्य विकास निर्माण र सुधारका कार्यहरू गर्न सकृय भुमिकामा नम्बर १ हुनुभएका नगर प्रमुख राजेशमान सिंह अहिले मुख्य नाकादेखि सहरका प्रमुख चोकहरूमा हरियाली प्रवर्द्धन, वृक्षारोपण र सजावटका कामहरू गरेर धुलो र फोहोरको साम्राज्यलाई विस्थापित गरिएको छ ।

रात्रिकालीन समयमा सुरक्षा र सौन्दर्य दुवैलाई मध्यनजर गर्दै महानगरका सडकहरूमा आधुनिक सडक बत्ती (स्ट्रिट लाइट) जडान गरिएका छन्, जसले रात्रिकालीन वीरगञ्जलाई थप आकर्षक बनाएको छ ।

खाल्डाखुल्डी पुर्ने, नालाहरूको नियमित सफाइ तथा मर्मत सम्भार र सडक पिच गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।

पहिले वीरगञ्ज आउँदा नाकामै धुलो र फोहोरले स्वागत गर्थ्यो । तर अहिले वीरगञ्जको सिमाना क्षेत्र सफा र व्यवस्थित देखिएको छ । वीरगञ्ज छिर्नासाथ सेल्फी खिच्न मन लाग्ने वातावरण बनेको छ ।

हालै भारतबाट नेपाल घुम्न आएका एक आगन्तुकले आफ्नो अनुभव सुनाए । नगरवासीको चाहना मेयरलाई यथाशीघ्र विकासको जिम्मेवारीमा फर्काइयोस ।

वीरगञ्जको विकासमा अहोरात्र खटिएका जनप्रिय मेयर राजेशमान सिंहमाथि केही समयअघि लागेका आरोप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडिएका प्रक्रियाहरू अहिले अदालतको विचाराधीन विषय बनेका छन् ।

यसै सन्दर्भमा वीरगञ्जका आम नगरवासीहरूले आफ्ना प्रिय मेयरमाथिको छानबिन र कानुनी प्रक्रियालाई अख्तियार र विशेष अदालतले निष्पक्ष, पारदर्शी र तदारुकताका साथ टुङ्ग्याउनेमा पूर्ण विश्वास व्यक्त गरेका छन् ।

वीरगञ्जको तीव्र विकास, अधुरा योजनाहरूको पूर्णता र सहरको सौन्दर्यीकरणलाई निरन्तरता दिनका लागि उनलाई यथाशीघ्र पूर्ण जिम्मेवारीमा फर्काउने वातावरण बन्नुपर्ने माग नगरवासीहरूको छ ।

स्थानीय जनताको भनाइ छ कि, प्राविधिक र प्रशासनिक प्रक्रियाका कारण वीरगञ्जको विकासको गति रोकिनु हुँदैन ।

त्यसैले, अदालत र अख्तियारबाट न्यायोचित र छिटो निर्णय भई मेयर सिंह पुनः महानगरको नेतृत्व सम्हाल्न र विकास निर्माणका कार्यमा सक्रिय हुन पाउनुपर्ने चौतर्फी आवाज उठिरहेको छ ।

नेपालको मुख्य प्रवेशद्वारलाई नै कुरुपतातर्फ धकेल्न नदिन र वीरगञ्जको साख जोगाइराख्न मेयर राजेशमान सिंहले सुरु गरेका सकारात्मक कार्यहरूको जगलाई अझ बलियो बनाउन आवश्यक छ ।

नगरवासीहरू आफ्नो सहरलाई अझै सुन्दर बनाउन र प्रिय मेयरलाई पुनः कामको अग्रपंक्तिमा देख्न उत्सुकताका साथ पर्खिरहेका छन् ।

लेखक वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्