चुनाव :

वर्षौँ सत्ता नजिक चौरसिया,'भाषणमा विकास व्यवहारमा शून्य'

शनिबार, माघ २४, २०८२

पर्सा - पर्सा–२ का मतदाताले आज एउटा गम्भीर प्रश्न सोधिरहेका छन्—लामो समय सत्ता र शक्तिको नजिक पुगेका काँग्रेस उम्मेदवार अजय चौरसियाले यो क्षेत्रका लागि आखिर के दिए?

वर्षौँसम्म पहुँच, पद र प्रभाव पाएका नेताबाट जनताले विकासको ठोस परिणाम अपेक्षा गरेका थिए । तर पर्सा–२ को यथार्थ अवस्था हेर्दा विकास होइन, निराशा मात्र देखिन्छ ।

सडक, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकतामा पर्सा–२ अझै पछि परेको छ । युवाहरू रोजगारीका लागि बाहिरिन बाध्य छन्, किसान मल,आधुनिक सुविधा बिना संघर्ष गरिरहेका छन्, र बस्तीहरू पूर्वाधारको अभावमा अल्झिएका छन् ।

यति लामो समय अवसर पाउँदा पनि परिणाम शून्य हुनु नेतृत्वको असफलताको स्पष्ट संकेत हो ।

यसबीच चुनाव नजिकिँदै जाँदा पुर्व मन्त्री समेत रहेका नेता चौरसियाले विकासका उपलब्धि देखाउने सट्टा जेनजी आन्दोलनका बेला घर जलेको र खुट्टा भाँचिएको घटनालाई अगाडि सारेर सहानुभूति बटुल्ने प्रयास गरिरहेको आरोप स्थानीयस्तरमा उठ्न थालेको छ ।

पीडालाई सम्मान गर्नुपर्छ, तर पीडामाथि राजनीति गरेर मत माग्नु जनताको भावनामाथि खेलवाड हो भन्ने आवाज बलियो बन्दै गएको छ ।

भाषणमा ठूला शब्द, मञ्चमा भावुक प्रस्तुति र नारामा ‘हिरो’ बन्ने कोशिश देखिए पनि व्यवहार र परिणाममा विकास ‘जिरो’ नै रहेको जनगुनासो छ ।

चुनावी सभामा भविष्यका सपना बाँड्ने तर विगतका कामको हिसाब नदिने शैलीले मतदातालाई झन् शंकालु बनाएको छ ।

स्थानीय युवाहरू भन्छन्—अब सहानुभूति होइन, हिसाब चाहिन्छ । अवसर पाउँदा के गरियो, बजेट कहाँ खर्च भयो, किन क्षेत्र उस्तै रह्यो—यी प्रश्नको स्पष्ट उत्तर बिना भावनात्मक अपिलले काम नगर्ने अवस्था बनेको छ ।

पर्सा–२ का मतदाताले यसपालि भाषणको चमक होइन, परिणामको साँचो मूल्याङ्कन गर्ने संकेत देखाइरहेका छन् ।

सत्ता र शक्तिको पहुँच हुँदाहुँदै पनि विकास दिन नसक्ने नेतृत्वलाई फेरि मौका दिने कि नयाँ विकल्प रोज्ने—यो निर्णय अब जनताकै हातमा छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय