समसामयिक :

सरकारी विज्ञापनसम्बन्धी परिपत्र खारेज गर्न पत्रकार महासंघ पर्साको माग

बिहीबार, वैशाख १०, २०८३

वीरगंज - नेपाल पत्रकार महासंघ पर्साले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममै सीमित गर्ने परिपत्र खारेज गर्न माग गरेको छ।

महासंघले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै यस्तो निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यम कमजोर हुने बताएको छ।

महासंघका अनुसार विज्ञापन आम्दानीमा निर्भर सञ्चारमाध्यममा असर परे हजारौं पत्रकार तथा कर्मचारी प्रभावित हुनेछन्।

साथै, सूचना प्रवाहमा असमानता बढ्ने र खुला प्रतिस्पर्धात्मक प्रणाली कमजोर हुने उल्लेख गरिएको छ।

पत्रकार महासंघ पर्साले परिपत्र तुरुन्त खारेज गर्न, विज्ञापन वितरण पारदर्शी र समावेशी बनाउन तथा सञ्चार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन नीति बनाउन सरकारसँग माग गरेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १८:४७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय