समसामयिक :

त्रिभुवन राजपथ विस्तार क्षेत्रमा जबरजस्ती भाडा बढाए कारबाही गर्ने महानगरको चेतावनी

बिहीबार, वैशाख १०, २०८३

वीरगंज- वीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथ विस्तार क्षेत्रका घर तथा सटर भाडामा लिने–दिने विषयमा अनियमितता बढेको भन्दै कडाइ गर्ने जनाएको छ।

महानगरले जारी गरेको सूचना अनुसार केही घरधनीले भाडामा बसेका व्यवसायीलाई दबाब दिँदै अत्यधिक भाडा बढाउने, सम्झौता विपरीत हटाउन खोज्ने तथा अवैध रूपमा धरौटी माग्ने जस्ता गतिविधि बढेको गुनासो आएको छ।

महानगरले घर, कोठा, सटर तथा गोदाम भाडामा दिँदा आपसी सहमतिमा यथार्थ भाडा दर तय गरी आधिकारिक सम्झौता गर्न आग्रह गरेको छ।

त्यस्ता सम्झौता वडा कार्यालयबाट प्रमाणित गराई एक प्रति महानगरको राजस्व व्यवस्थापन महाशाखामा बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ।

यदि कसैले जबरजस्ती भाडा बढाउने वा नक्कली सम्झौता पेश गर्ने गरेमा सुरुदेखि नै जरिवाना सहित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १८:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय