स्वास्थ्य :

समुदायमा आधारित रोग निगरानीबारे वडा–१२ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुधबार, वैशाख २३, २०८३

वीरगंज- वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धि एक दिने वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखा, वीरगंज पर्साको आयोजनामा सञ्चालन गरिएको हो।

कार्यक्रमको सञ्चालन कौशिला बुढाथोकीले गर्नुभएको थियो भने संगिता केसीले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिनुभएको थियो।

समुदाय स्तरमै रोगको पहिचान, सूचना संकलन तथा समयमै नियन्त्रण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुनेमा जोड दिइएको थियो।

कार्यक्रममा वडा सदस्य दीपक डंगोल विशिष्ट अतिथिको रूपमा सहभागी भई समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

त्यस्तै स्थानीय अजय गुप्ता तथा कार्यक्रम अधिकृत राजीव चौधरीले पनि रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउन सहकार्यको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला समूह, स्वयंसेवक तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले समुदायमा देखिने विभिन्न रोगको प्रारम्भिक लक्षण पहिचान र सम्बन्धित निकायमा जानकारी गराउने विषयमा प्रशिक्षण लिएका थिए।

यस कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  २१:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय