चुनाव :

वीरगञ्ज– २५ सिर्सियामा रास्वपाको घरदैलो, ड्राइपोर्ट जग्गा मुआब्जा समस्या समाधानको प्रतिबद्धता

शनिबार, माघ २४, २०८२

पर्सा। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलो कार्यक्रमका क्रममा रास्वपाका उम्मेदवार कानुले वीरगञ्ज ड्राइपोर्ट (सुक्खा बन्दरगाह) अन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले लामो समयदेखि प्रभावित जग्गाधनीहरूले भोग्दै आएका समस्या न्यायोचित ढंगले समाधान गर्न पहल गरिने बताए।

स्थानीय जग्गाधनीहरूले ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम अपर्याप्त र समयमै नपाएको गुनासो गर्दै आएको बताउँदै यसले उनीहरूको आर्थिक र सामाजिक जीवनमा गम्भीर असर पारेको जानकारी गराएका थिए।

उनीहरूले वर्तमान बजार मूल्यअनुसार मुआब्जा पुनरावलोकन गर्नुपर्ने मागसमेत राखेका छन्।

रास्वपाका उम्मेदवार कानुले निर्वाचित भएसँगै सम्बन्धित निकायसँग समन्वय गरी मुआब्जा दर पुनरावलोकन, बाँकी रकम भुक्तानी र प्रभावित परिवारलाई न्याय सुनिश्चित गर्ने दिशामा पहल गर्ने स्पष्ट पारे।

साथै उनले सुशासन, पारदर्शिता र पीडित–केन्द्रित नीति नै रास्वपाको प्राथमिकता रहेको उल्लेख गरे।

घरदैलो कार्यक्रममार्फत स्थानीय टोल–टोलमा जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाले स्थानीय समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा उठाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि ड्राइपोर्ट मुआब्जा समस्या समाधानका लागि ठोस पहलको अपेक्षा व्यक्त गरेका थिए।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय