वीरगंज - पर्साको राजनीतिमा आज सबैभन्दा ठूलो प्रश्न एउटै छ—के जनताको चाहना सुन्ने नेता चाहिएको हो, कि आफ्नै योजना थोपर्ने?
यही प्रश्नको केन्द्रमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुंगटाको नाम जोडिँदै गएको छ।
जनताको आवश्यकता एकातिर छ, तर रुंगटाको राजनीतिक दिशा अर्कै मोडमा दौडिरहेको स्पष्ट देखिन्छ।
स्थानीय बासिन्दाले लामो समयदेखि अनुभूति गर्दै आएको यथार्थ के हो भने अनिल रुंगटा जनताको दैनिक समस्या, पीडा र अपेक्षाभन्दा टाढा छन्।
शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत विकास जस्ता मुद्दा जनताको पहिलो प्राथमिकता भए पनि रुंगटाको गतिविधि चुनावी गणित, शक्ति सन्तुलन र सीमित समूहको वरिपरि मात्र घुमिरहेको आरोप खुलेआम लाग्न थालेको छ।
सात वर्षसम्म क्षेत्रसँग लगभग सम्पर्कविहीन रहनु र चुनाव नजिकिँदै गर्दा मात्र जनतामाझ देखिनु जनताले सहजै पचाएका छैनन्।
“हामीलाई वर्षौंदेखि नदेखिने नेता आज हामीकै हितको कुरा गर्छन्, यो नाटक अब चल्दैन,” एक स्थानीय मतदाताले आक्रोश व्यक्त गरे।
राजनीतिक जान्नेहरुले—रुंगटाको योजना जनतामा आधारित होइन, सत्ता र पहुँचमा आधारित छ भन्छन।
यही कारण जनविश्वास निरन्तर ओरालो लागिरहेको छ। जनताको भावना नबुझी, आलोचनालाई बेवास्ता गर्दै अघि बढ्ने शैलीले उनलाई ‘सिजनल नेता’ को सूचीमा झन् मजबुत बनाइदिएको छ।
आज पर्साका मतदाता चेतनशील छन्। उनीहरू भाषण, आश्वासन र फोटो सेसनबाट प्रभावित हुने अवस्था सकिएको छ।
जनताको स्पष्ट सन्देश छ—जो क्षेत्रमै बसेर काम गर्दैन, समस्या सुन्दैन र जिम्मेवारी लिँदैन, उसलाई अब मतको सहारा दिइँदैन।
यदि अनिल रुंगटाले अझै पनि आफ्नै योजना मात्र सही ठानिरहे भने यो चुनाव मात्र होइन, उनको समग्र राजनीतिक भविष्य नै जनताको कठघरामा उभिन बाध्य हुनेछ।



