चुनाव :

पर्सा - ४ का जनता परिणाममुखी नेतृत्व खोजिरहेका छन : जालिम मिया

बिहीबार, माघ २२, २०८२

पर्सा ।पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेको पक्षमा देखिएको तीव्र जनलहरले राजनीतिक माहोल तातेको छ।

गाउँ–गाउँ र टोल–टोलमा एमालेका उम्मेदवार जालिम मियाको पक्षमा बढ्दो समर्थन देखिएपछि अन्य दलहरूमा बेचैनी र आतिन सुरु भएको स्थानीय बताउँछन्।

चुनावी सभाहरू, घरदैलो अभियान र जनसंवाद कार्यक्रममा स्थानियहरूको उल्लेख्य सहभागिताले एमालेप्रति जनविश्वास बढ्दै गएको संकेत दिएको छ।

विशेषगरी युवाहरू, किसान, मजदुर र व्यवसायी वर्गले विकास, स्थायित्व र स्पष्ट नेतृत्वको आशामा एमालेतर्फ आकर्षण देखाइरहेका छन्।

स्थानीय मतदाताहरूले विगतका अधुरा विकास योजनाहरू पूरा गर्ने दलको रूपमा एमालेलाई हेर्न थालेको प्रतिक्रिया दिएका छन्।

एमाले उम्मेदवार जालिम मियाले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र सुरक्षालाई प्राथमिक एजेन्डा बनाउँदै जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

“काम गरेर देखाउने नेतृत्व चाहियो” भन्ने जनताको चाहनाले एमालेको अभियानलाई थप ऊर्जा दिएको देखिन्छ। यसै कारण पर्सा–४ मा चुनावी समीकरण एमालेको पक्षमा मोडिएको चर्चा चुलिएको छ।

अर्कोतर्फ, जनलहर आफ्नो पक्षमा नरहेको महसुस गरेपछि प्रतिष्पर्धी दलहरू आलोचनामा केन्द्रित हुन थालेका छन्।

तर स्थानीय मतदाताहरू भने नकारात्मक राजनीति भन्दा परिणाममुखी नेतृत्व खोजिरहेको स्पष्ट देखिन्छ।

राजनीतिक जानकारहरुका अनुसार यो जनलहर अन्तिम मतपरिणाममा निर्णायक बन्न सक्ने सम्भावना उच्च छ।

पर्सा–४ मा देखिएको यो राजनीतिक तरंगले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ।

जनताको उत्साह र सहभागिताले आगामी निर्वाचनमा नयाँ परिणाम देखिने अपेक्षा गरिएको छ।

अहिलेको माहोल हेर्दा पर्सा–४ मा एमाले बलियो अवस्थामा देखिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय