Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
चुनाव :

हर-घर रोजगारी तथा महिला उधमसिलता प्रमुख प्राथमिकता:- उम्मेदवार ओमप्रकाश

वीरगंज । पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -१५ लक्षमनवा र वडा नम्बर ८ पानी ट्यान्किमा भेटघाट एवं संवाद तथा घरदैलो सम्पन्न भएको छ।

कार्यक्रमको क्रममा उम्मेदवार  सरार्फले वीरगन्ज औद्योगिक नगरी भए पनि यहाँ स्थानीय युवाहरु बेरोजगार हुनु र रोजिरोटीको लागी बाध्य भएर बिदेश वा बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्न आफु संग क्लियर रोड म्याम रहेको बताए ।

बेरोजगार युवालाई रोजगारी वा सीप प्रदान गरेर स्वरोजगारी संग जोडने र महिलाहरुलाई समेत आय आर्जन संग जोडन प्रतिबद्ध रहेको बताए।

देश र मधेसको निकासको उत्कृष्ट विजन जनमत पार्टी र डा सिके राउत संग मात्रै रहेकोले हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे।

कार्यक्रममा नेताहरू बिध्या गुप्ता, रम्भा मिश्रा, श्याम गुप्ता,राजनरायण मिश्रा,भुपेन्द्र साह, डा. मनोज कुमार ,सिए देवराज,महादेव शर्मा,निराजन कुशवाहा, हिरालाल राम,

डा मोहमद राजा, राम जी रौनियार ,सहनवाज राकि, अजित सिह, मन्जय शर्मा,सुमित सिह ,अन्जना गुप्ता, सत्युग साह  लगायतको  सहभागीता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्