Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
राजनिति :

रुंगटा जस्ता ‘सिजनल’ नेतालाई स्वीकार्नु,पर्सा १ का जनतालाई आफ्नै खुट्टामा बन्चरो हान्नु सरह

पर्सा । पर्सा जिल्लाको राजनीति पछिल्ला वर्षहरूमा जनअपेक्षाभन्दा टाढा गएको टिप्पणी तीव्र बन्दै गएको छ।

विशेषतः चुनावको मौसम आउँदा मात्र देखिने, जनताका दुःख–सुखमा कहिल्यै नदेखिने ‘सिजनल’ नेताहरूले फेरि सक्रियता बढाएपछि स्थानीयमा असन्तोष चुलिएको छ।

यस्तै पात्रका रूपमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटा चर्चामा छन्, जसलाई स्वीकार गर्नु पर्सेली जनताका लागि आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु सरह हुने विश्लेषण हुन थालेको छ।

स्थानीय बासिन्दाहरू भन्छन्, “चुनाव आयो कि मात्रै देखिने, भोट मागेर हराउने नेताबाट हामी दिक्क भइसकेका छौं।” पर्साको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जस्ता आधारभूत मुद्दामा रुंगटाको योगदान शून्यजस्तै रहेको आरोप उनीहरू लगाउँछन्।

चुनावी भाषणमा ठूला सपना बाँड्ने तर व्यवहारमा केही नगर्ने प्रवृत्तिले जनविश्वास गुमिसकेको उनीहरूको भनाइ छ।

राजनीतिक जानकारहरुका अनुसार सिजनल नेताहरूको सबैभन्दा ठूलो समस्या जवाफदेहिता हो। उनीहरू न त जनतासँग नियमित सम्पर्कमा हुन्छन्, न त गरेका प्रतिबद्धताको समीक्षा गर्न तयार देखिन्छन्।

पर्सामा पटक–पटक आएको बाढी, महामारी, खानेपानी हाहाकार,बेरोजगारी समस्या र आधारभूत सेवा अभावका बेला रुंगटा कहाँ थिए भन्ने प्रश्न अझै अनुत्तरित छ।

युवा मतदाताहरू पनि सचेत बन्दै गएका छन्। “अब भाषण होइन, काम चाहियो,” उनीहरू भन्छन्। पर्सालाई दीर्घकालीन योजना, स्थायी नेतृत्व र जनतामैत्री राजनीति आवश्यक छ, सिजनल अनुहार होइन।

त्यसैले यसपटक विवेकपूर्ण निर्णय गर्दै, काम गर्ने, सधैं जनतामाझ रहने र जवाफदेही नेतृत्व छान्नु नै पर्साको हितमा हुने निष्कर्ष निकालिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्