चुनाव :

मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व आवश्यक : उम्मेदवार पाण्डे

मंगलबार, माघ २०, २०८२

वीरगञ्ज - नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको छ।

उक्त भेलामा परिवर्तनको सम्वाहक, भरोसा योग्य युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले कार्यकर्तामा नयाँ ऊर्जा थपिएको छ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न एकताबद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट पार्नुभयो।

उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीले अघि सारेका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन आह्वान गर्नुभयो।

जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष एवं पूर्व मन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा हजारौँको संख्यामा नेता–कार्यकर्ता सहभागी भएका थिए।

कार्यक्रममा जसपा लगायत विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुले पर्सामा एमालेप्रतिको जनविश्वास झनै मजबुत भएको संकेत गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापा ‘बादल’ले सक्षम र जनउत्तरदायी उम्मेदवार एमालेको बलियो आधार भएको बताउँदै आगामी निर्वाचनमा निर्णायक जित सुनिश्चित हुने दाबी गर्नुभयो।

पर्सा–३ मा राजनीतिक विकल्पको खोजी समाप्त भइसकेको जनधारणा बन्दै गएको देखिन्छ। विकास, राष्ट्रियता र स्थायित्वको स्पष्ट भिजनसहित मैदानमा उत्रिएका रूपेश कुमार पाण्डे आज पर्सा–३ का जनताको भरोसाको केन्द्र बनेका छन।

“पर्सा–३ मा विकल्प छैन, भरोसाको नाम एक मात्रै— रूपेश कुमार पाण्डे” भन्ने नारा कार्यकर्ता र जनस्तरमा गहिरिँदै गएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय