नेभिगेशन
समाज
चुनाव :

विकासमार्फत देशलाई निकास दिन सक्ने शक्ति एमाले संग मात्रै छ : उम्मेदवार प्रदीप यादव

पर्सा— पर्सा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले नीति निर्माण र दिगो विकासमार्फत देशलाई निकास दिन सक्ने शक्ति सूर्य चिन्हसँग मात्र रहेको बताएका छन्।

चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट तथा सभामा बोल्दै उनले वर्तमान समस्याबाट देशलाई बाहिर निकाल्न स्पष्ट नीति, दृढ नेतृत्व र जनउत्तरदायी सरकार आवश्यक रहेको उल्लेख गरे।

यादवले विकास केवल नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने धारणा राखे। “सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि— यी सबै क्षेत्रमा दीर्घकालीन योजना बिना देश अगाडि बढ्न सक्दैन,” उनले भने, “एमालेसँग मात्र अनुभव, नीति र कार्यान्वयन क्षमता छ।” उनका अनुसार सूर्य चिन्हले स्थायित्व, राष्ट्रियता र विकासको भरोसा दिन्छ।

स्थानीय आवश्यकता बुझेर केन्द्रसम्म आवाज पुर्‍याउने प्रतिबद्धता जनाउँदै यादवले पर्साको समग्र विकासलाई प्राथमिकतामा राख्ने बताए।

उद्योग–व्यवसायको प्रवर्द्धन, युवालाई रोजगारी, किसानलाई आधुनिक प्रविधि र बजार पहुँच, तथा शिक्षा–स्वास्थ्य सेवामा सुधार उनका मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारे।

 “अब प्रयोगवाद होइन, परिणाममुखी राजनीति चाहिन्छ,” यादवले भने, “एमालेको नेतृत्वमा मात्रै स्थिर सरकार र तीव्र विकास सम्भव छ।” उनले जनताको विश्वास र समर्थनले मात्रै नीति निर्माणलाई बलियो बनाउन सकिने पनि बताए।

चुनावी सभामा उपस्थित स्थानीय बासिन्दाले प्रदीप यादवलाई अनुभवी, पहुँचयुक्त र विकास प्रति प्रतिबद्ध नेता भन्दै समर्थन जनाएका छन्। उनीहरूले पर्सामा देखिएका अधुरा योजना पूरा गर्न एमाले उम्मेदवार उपयुक्त हुने विश्वास व्यक्त गरे।

अन्त्यमा यादवले सबै मतदातालाई सूर्य चिन्हमा मतदान गरी विकास, सुशासन र समृद्धिको यात्रामा साथ दिन आग्रह गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्