सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज । पर्सा क्षेत्र नमबर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आँफुप्रतिको बढ्दो जनलहर देखेर विपक्षीहरु अत्तालिएर अनेक हर्कत गर्न थालेको बताएका छन् ।
वीरगन्ज–१६ नगवामा शनिबार एमालेको पार्टी प्रवेश कार्यक्रम भाँड्न केहि अराजक समुहको प्रयास असफल भएको भन्दै यादवले पर्सा–१ मा एमालेप्रतिको अभूतपूर्व जनसमर्थन देखेर विपक्षी दलहरु हर्कतमा उत्रिएको बताए ।
एमालेको कार्यक्रममा देखिएको जनलहर र उत्साहजनक उपस्थितिले पर्सा–१ मा एमालेको जित सुनिश्चित हुदैं गएको भन्दै पूर्वमन्त्री यादवले भने,‘ पर्सा–१ मा यसअघि म मन्त्री हुदाँ मैले गरेको कामको मूल्यांकन जनताले गरिरहेका छन् । अरुको जस्तो भाषण होइन,मेरो काम बोल्छ ।’
शनिबारको एमालेको पार्टी प्रवेश कार्यक्रमलाई बिथोल्न विपक्षीबाट प्रायोजित एक समुहले अनेक हथ्कण्डा अपनाएप्नि नगवाका जनताले नै त्यसलाई विफल बनाइदिएको यादवले बताए ।
यादवले भने,‘नगवामा हजारौँ नागरिकले खुलेर पार्टी प्रवेश गरेको दृश्य विपक्षी दलका लागि सह्य भएन। त्यही कारण कार्यक्रमलाई बदनाम गर्ने प्रयास गरियो। तर जनताको समर्थन र विश्वासले यस्ता हर्कतहरू स्वतः असफल हुनेछन्।”
जनताले अब पुरानो राजनीति होइन, परिणाममुखी, जवाफदेही र विकास केन्द्रित नेतृत्व खोजिरहेको बताउँदै यादवले भने,‘ नगवामा देखिएको वजनसमर्थन कुनै आकस्मिक घटना होइन, यो जनताको चेतना र परिवर्तनको चाहनाको परिणाम हो।’