समसामयिक :

पत्रकार विजय कुशवाहा नेकपामा प्रवेश, पुर्व प्रधानमन्त्रीद्वयले गरे पार्टीमा स्वागत

शनिबार, माघ १७, २०८२

काठमाण्डौ, माघ १७ । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहेका वीरगन्जका चर्चित पत्रकार विजय कुशवाहा आज औपचारिक रुपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

वीरगंजबाट संचालित विजयपथ डट कमका संचालक एवं प्रधान सम्पादक रहेका उनलाई पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" र पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आज पार्टी मुख्यालय पेरिसडाँडामा खादा तथा माला लगाई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गराउनु भएको हो ।

बिगतमा नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख, संघीय प्रेस फोरम मधेस प्रदेसको वरिष्ठ उपाध्यक्ष जस्ता जिम्मेवारी सम्हाल्दै उल्लेखनीय सांगठनिक अनुभव बटुलेका कुशवाहा हिमालय टेलिभिजनको मध्यमाञ्चल ब्युरो प्रमुख तथा जनता टेलिभिजनको मधेस प्रदेश प्रमुखको रुपमा पनि कार्यरत रहिसकेका छन् ।  

सत्य, निष्पक्षता र जनपक्षीय आवाजलाई सधैं प्राथमिकतामा राख्दै आएका जुझारु पत्रकार विजय कुशवाहा औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुहरुले शुभकामना दिएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय