राजनीति :

जसपाका वीरगञ्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

शुक्रबार, माघ १६, २०८२

वीरगञ्ज । अशोक राई नेतृत्वको जसपाका वीरगन्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । 

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा शुक्रबार आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा जसपाका महानगर अध्यक्ष यादवसंगै वडा नम्बर १५ का १२० जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । 

उनिहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा लगायतले पार्टीमा स्वागत गरे । 

मधेसका बाँकी मुद्धाको सम्बोधन अब एमालेले नै सम्बोधन गर्ने भएकाले आँफुहरु जसपा त्यागेर एमालेमा प्रवेश गरेको उनले बताए ।

उनले भने,‘ अहिले केहि शक्ति विदेशीको इशारामा नेपालको राष्ट्रियता र लोकतन्त्र समाप्त गर्ने षडयन्त्रमा लागेका छन् ।

उनिहरुको प्रतिवदा गर्ने राजनीतिक शक्ति यो मुलुकमा अब एमाले मात्रै छ । त्यसका कारण हामी एमालेमा प्रवेश गरेका हौं ।’

कार्यक्रमको प्रमुख अतिथी एमालेका केन्द्रिय सदस्य प्रभु हजराले जसपाका हानगर अध्यक्ष यादवसहितको एमाले प्रवेशले पर्सा–१ मा एमाले पार्टी थप मजबुत भएको बताए ।

यसले अब पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको जित थप सुनिश्चित बनेको उनले बताए । 

कार्यक्रममा एमाले जिल्ला सचिव महेश दास, नेता पुरुषोत्तम लाल झा, गगनदेव पटेल,उमेशलाल सहनीलगायतकाको पनि सहभागिता थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय