चुनाव :

संसदिय सम्पर्क कार्यालय स्थापना गरेर २४ औं घन्टा सेवा प्रदान गरिने छ - उम्मेदवार सरार्फ

शुक्रबार, माघ १६, २०८२

वीरगंज - पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -१५ लक्षमनवामा भेटघाट एवं संवाद तथा घरदैलो सम्पन्न भएको छ।

घरदैलोको क्रममा उम्मेदवार  सरार्फले वीरगन्जको गौरव फर्काई सबैले गर्व गर्न सक्ने सहर बनाउने भिजन हामी संग रहेकोले जनमत पार्टी र हर्न छापमा मतदान गरि वीरगन्ज र पर्साको बिकास र समृद्धिको अभियानमा संगै साथ दिन आग्रह गरे।

हेल्प डेस्क स्थापना गरि २४ औं घन्टा जनताको सेवा गरिने उम्मेदवार सरार्फले संकल्प गरेका छन् ।

कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद,नजमा खातुन ,महादेव शर्मा,भुपेन्द्र साह,निराजन कुशवाहा,सहनवाज राकि, अजित सिह, मन्जय शर्मा,सुमित सिह लगायतको  सहभागीता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय