सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिए संगै मतदाता रिझाउन उम्मेदवारहरुको व्यस्तता बढेको छ ।
नेकपा एमालेबाट पर्सा क्षेत्र न २ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेकी रिमा कुमारी यादवलाई जिताउन नेकपा एमाले पर्सा सक्रिय बनेको छ ।
नेकपा एमाले पर्सा बहुदरमाई नगरपालिकाको नगरस्तरिय अगुवा कार्यकर्ता भेला बहुदरमाईको मन्दिर प्राङनमा सम्पन्न गरेको छ।
नगर अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा आयोजित भेलामा सहभागि नेता एवम कार्यकर्ताहरुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवलाई अत्यधिक मतले बिजयी गराउन सकृय भुमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको थियो ।
भेलामा उम्मेदवार यादवले एमालेले सरकारको नेतृत्व गर्दा मात्र सुशासन, विकास र दीर्घकालीन नीति कार्यान्वयन सम्भव हुन्छ।
यसपटक बहुमतसहित एमाले विजयी भए मात्र देशले सही दिशा लिने उनको दाबी छ।
नेकपा एमालेको कार्यकर्ताहरूको उत्साह, सक्रियता र समर्पणले पर्सामा एमालेको जित सुनिश्चित हुँदै गएको दाबी गरिन।
उनले पार्टीलाई जिताउने मुख्य आधार नेता–कार्यकर्ताहरूको मेहनत र संगठनात्मक एकता नै भएको उल्लेख गर्दै यसपटक पर्सामा त्यो एकता स्पष्ट रूपमा देखिएको बताईन ।
कार्यक्रममा नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ताहरू एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।