सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । पर्सा जिल्लामा नेकपा एमालेका उम्मेदवारलाई जिताउन पार्टीका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लागेका छन ।
प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कार्यबाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा बसेको नेकपा एमाले बीरगंज महानगर कमिटीको चौथो पुर्ण बैठकले एमालेका उम्मेदवारहरुलाई जिताउन निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
नेकपा एमाले मधेस प्रदेश उपाध्यक्ष तथा बीरगंज महानगर इन्चार्ज विचारी यादवको संयोजकत्वमा ५ सय ५१ सदस्यीय नेकपा एमाले बीरगंज महानगर निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य बिजय कुमार सरावगीले एमाले उम्मेदवारलाई जिताउन हामी ढिक्का भएर लागेको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले युवा कार्यकर्ताहरूको उत्साह, सक्रियता र समर्पणले पर्सामा एमालेको जित सुनिश्चित हुँदै गएको दाबी गरे।
उनले पार्टीलाई जिताउने मुख्य आधार नेता–कार्यकर्ताहरूको मेहनत र संगठनात्मक एकता नै भएको उल्लेख गर्दै यसपटक पर्सामा त्यो एकता स्पष्ट रूपमा देखिएको बताए।
कार्यक्रममा नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ताहरू एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर ३ का उम्मेदवार रूपेश पाण्डे लगायत पार्टीका केन्द्रीय जिल्ला तथा महानगर तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।