निर्वाचन :

जनताको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै एमालेसँग छ : उम्मेदवार यादव

बुधबार, माघ १४, २०८२

वीरगञ्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा एमालेका नेता प्रदीप यादवले जनताको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै एमालेसँग भएको बताएका छन ।

वीरगंजमा आफनो निर्वाचन क्षेत्रमा मतदाता संगको भेटघाट एवं सम्वाद गर्दै पुर्व मन्त्री समेत रहेका नेता यादवले राष्ट्रको बिकासमा एमालेको महत्वपूर्ण भुमिका रहेकाले यसपटक बहुमतका साथ निर्वाचित गराउन उनको भनाई छ ।  

नेता यादवले घरदैलोको क्रममा नेकपा एमालेको चुनाव चिन्ह सुर्य छापमा मतदान गर्न आग्रह गरेका छन् । 

अहिले जेनजी आन्दोलनका साथ देश बिकासमा पछि परेकाले देशलाई सहि ट्याकमा ल्याउन एमालेलाई बहुमतको साथ विजयी गराउनलाई मतदातालाई आग्रह गरेका हुन् । 

घरदैलोका क्रममा मतदाताहरुले दुखमा साथ दिने प्रदीप यादव जस्ता नेतालाई यस पटक पुनः जिताएर पठाउने विश्वास दिलाए । 

 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय