निर्वाचन :

जेन्जिको माग जनमतले मात्रै पुरा गर्न सक्छ - उम्मेदवार सरार्फ

बुधबार, माघ १४, २०८२

वीरगंज । पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -१५ भिस्वा र बाइपासमा भेटघाट एवं संवाद तथा घरदैलो सम्पन्न भएको छ।

कार्यक्रमको क्रममा उम्मेदवार  सरार्फले  निकास र बिकासको लागी जनमत पार्टी र हर्न छाप एकमात्र विकल्प रहेको जिकिर गर्दै जेन्जिको माग जनमत पार्टी र जनमत पार्टीको एजेन्डा नौलो गणतन्त्रले मात्रै पुरा गर्न सक्नेमा जोड दिए।

आफु जेन्जिको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएकोले  सबै मतदाताहरु जनमत पार्टीमा गोलबन्द हुन सबैलाई आग्रह गरे।

कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा,भुपेन्द्र साह, सिए देवराज, डा.मनोज कुमार ,दिनानाथ साह, सहनवाज राकि, अजित सोह,मन्जय शर्मा,सुमित सिह लगायतको सयौंको सहभागीता रहेको थियो।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय