सोसल मिडिया
हाम्रो बारेमा
पर्सा । पर्साको निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका युवा नेता रुपेश कुमार पाण्डेले घरदैलो अभियानलाई तिब्रता दिएका छन ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार यादवले घरदैलो कार्यक्रम र जनतासँगको प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन ।
घरदैलोका क्रममा उम्मेदवार पाण्डेले राष्ट्र निर्माण नाराबाट होइन, जिम्मेवारीबाट हुन्छ र नेकपा एमाले जिम्मेवारीका साथ राष्ट्र निर्माणमा लाग्ने पार्टी भएकोले एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
भाषण भन्दापनि काम रुचाउने बानी रहेकोले पाण्डेको पक्षमा माहोल मजबुत बन्दै गएको हो।
रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्यमा गुणस्तरीय सुधार, सीमावर्ती व्यापार तथा औद्योगिक सम्भावनाको सदुपयोग जस्ता विषयलाई प्राथमिकतामा राखेका पाण्डेले क्षेत्रको समग्र विकासको स्पष्ट रोडम्याप प्रस्तुत गरेका छन्।
जनताको दैनिक समस्यामा चासो, सरल व्यवहार र निरन्तर उपस्थितिले उनलाई नेता होइन, आफ्नै मान्छेको रूपमा स्थापित गरेको स्थानीय मतदाताहरूको भनाइ छ।