सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ को इनर्वामा जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो तथा मतदातासँग प्रत्यक्ष भेटघाट एवं संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सरार्फलाई भव्य स्वागत तथा सम्मान गरेका थिए। घरदैलो तथा संवाद कार्यक्रममा सरार्फले क्षेत्रको निकास र विकासका लागि जनमत पार्टी र हर्न छाप नै एकमात्र विकल्प रहेको उल्लेख गर्दै सबै मतदातालाई जनमत पार्टीको पक्षमा गोलबन्द हुन आग्रह गरे।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकि, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी रामलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सयौँ स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रममा मतदाताहरूले विकास, रोजगारी, शिक्षा तथा आधारभूत पूर्वाधारका विषयमा आफ्ना धारणा राखेका थिए। जनमत पार्टीले आगामी दिनमा पनि क्षेत्रका विभिन्न स्थानमा यस्ता घरदैलो तथा संवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।