निर्वाचन :

विकास, रोजगारी र स्थायित्वका लागि एमालेलाई मतदान : प्रदीप यादव

सोमबार, माघ १२, २०८२

वीरगंज — नेकपा एमालेका नेता प्रदीप यादवले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।

आफनो क्षेत्रको मतदाता संगको घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका नेता यादवले जेनजीको माग र भावनालाई कदर गर्दै विकास, रोजगारी र स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न आग्रह गरे। उनले जनताको मतले देशलाई सही दिशामा लैजाने विश्वास व्यक्त गरे। 

प्रतिनिधिसभा उम्मेदवार यादवले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ता एकताका कारण निर्णायक जित सुनिश्चित रहेको बताए।

उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको मुख्य आधार भएको बताए।

एमालेको संगठन विस्तार र प्रभावशाली नेताहरूको प्रवेशका कारण पर्सा–१ मा चुनावी वातावरण पूर्ण रूपमा एमाले पक्षमा रहेको यादवले दाबी गरे।

यसले कार्यकर्ता तथा समर्थकहरूमा थप ऊर्जा र उत्साह थपिएको उनले बताए।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय