प्रतिनिधिसभा निर्वाचन :

गहवामाईको आशीर्वादलिएर चुनावी मैदानमा उत्रिए कांग्रेस उम्मेदवार रुङटा

आइतबार, माघ ११, २०८२

वीरगंज । नेपाली काँग्रेसका नेता एवं पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार अनिल रुङटाले चुनावी मैदानमा उत्रिनु अघि वीरगंजस्थित शक्तिपीठ गहवामाईको दर्शन गरेका छन । 

गहवामाईको दर्शन तथा पूजा–अर्चना गर्दै रुङटाले सकारात्मक सोच, जनसेवा र समावेशी विकासको संकल्पसहित चुनावी यात्राको शुभारम्भ गरेका छन।

स्थानीय जनआस्थासँग गहिरो सम्बन्ध रहेको गहवामाई मन्दिरमा पुगेर उहाँले सफल, शान्तिपूर्ण र जनमुखी निर्वाचन अभियानको कामना गरेको बताए।

दर्शन पछि उम्मेदवार रुङटाले 'गहवामाई हाम्रो बिरगंजको मात्र नभई सम्पूर्ण पर्सावासीको आस्थाको केन्द्र हुनुहुन्छ। जनताको सेवा गर्ने पवित्र उद्देश्यसहित मैले आज यहाँबाट आफ्नो चुनावी यात्रा सुरु गरेको छु। माताको कृपाले मलाई जनताको भरोसा जित्ने शक्ति र धैर्य प्रदान गरोस् भन्ने मेरो विश्वास छ'उनले भने ।

माईस्थान क्षेत्रका स्थानीय नेता, पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेका थिए।

छलफलका क्रममा उहाँले पर्सा–१ को समग्र विकास, संगठन सुदृढीकरण, युवाको सहभागिता र जनमुखी चुनावी रणनीतिबारे स्पष्ट धारणा राख्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेका थिए।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय