अनुसंधान :

घुस लिएर कर्मचारी नियुक्ति प्रकरण : अख्तियारले पोखरिया नपाका मेयर प्रद्युमन चौहानसँग ब्यान लियो

आइतबार, साउन ११, २०८२

वीरगंज । अनधिकृत रुपमा बैक तथा नगद मार्फत घुस लिएर कर्मचारी नियुक्ति गरेको विषयमा अनुसन्धान गरिरहेको अख्तियारले पोखरिया नगरपालिकाका मेयर प्रद्युमन चौहानसँग ब्यान लिएको छ । 

सोमबार प्रधानमन्त्रीलाई भेटन पुगेका मेयर प्रद्युमन चौहानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोन मार्फत डाकेर मङ्गलबार कार्यालय समयमा बयान लिएको हो । 

यसअघि पोखरिया नगरपालिकामा बयान लिनेहरूलाई उपस्थित गराइदिन भनी प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएर उपस्थिति गराउन लगाएपनि मेयर चौहानका लागि भने विशेष व्यवस्था गरी प्रधानमन्त्रीसँग भेटेको भोलिपल्टै मेयर चौहानसँग बयान लिएको हो । 

५ सय ७७ जना कर्मचारी नियुक्त गरेको पोखरिया नगरपालिकामा मेयरका आफन्त, प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरूले सर्वसाधारणबाट १ लाखदेखि ३ लाखसम्म उठाएर कार्यालय सहयोगी, नगरप्रहरी, सुपरभाइजर लगायतको पदमा नियुक्ति गरेका थिए । 

अख्तियारले असार ६ गते छापामारी गरी निम्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव र जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख नायब सुब्बा सन्दिप साहलाई नियन्त्रणमा लिएको थियो । साभार सिधाकुरा 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय