समसामयिक :

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

शुक्रबार, जेठ ९, २०८२

वीरगञ्ज ।  सहकारी क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायबारे छलफल गर्न आयोजित "सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम" आज वीरगञ्जस्थित गृह लक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना को-अपरेटिभ म्यानेजर्स क्लब पर्साले गरेको हो।

कार्यक्रमको उद्घाटन  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कृन) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरेर गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता क्लबका सभापति रवि भुषण श्रीवास्तवले गर्नुभएको थियो।

विशिष्ट अतिथिका रूपमा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल तथा निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रम सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गर्नुभएको थियो।

कार्यक्रममा क्लबका सञ्चालक समिति र विभिन्न संघसंस्था बाट ४० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलमा सहकारी क्षेत्रको वर्तमान समस्याहरू, नीति निर्माण, पारदर्शिता, र व्यवस्थापन सुधारका उपायहरूबारे गम्भीर बहस भएको जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय