स्वास्थ्य :

विश्व मुख स्वास्थ्य दिवसमा नेशनल मेडिकल कलेजद्वारा सचेतना कार्यक्रम

बिहीबार, चैत ७, २०८१

वीरगंज । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा सचेतना कार्यक्रम गरिएको छ ।

यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘खुशी मुख खुशी मन ’ भन्ने रहेको छ । यस दिवसका अवसरमा  हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।

सचेतना कार्यक्रममा १२५ जनालाई निःशुल्क चेकजाँच र उपचारमा १०% डिस्काउन्ट छुट भएको अस्पतालले जनाएको छ। 

डेन्टल कलेजका प्रो.डा. सरोज प्रसाद देवको अध्यक्षतामा सो कार्यक्रममा प्रमुख अथिति एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी रहनु भएको थियो भने विशिष्ठ अथिति डा. रवि शंकर गुप्ता, एके काशी, गंगा गुरुङ, गौसुल आजम, डेन्टलका डा.हरीश कुमार शाह, डा. सरोज नायक, डा. साना इमानी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय