नेभिगेशन
समाज
समसामयिक :

आगामी निर्वाचनबाट एमाले निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन्छ : प्रधानमंत्री ओली

पर्सा । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ०८४ सालको आमनिर्वाचनमा आफ्नो दलले पहिलो बनेर सरकारको नेतृत्व गर्ने बताएका छन्।

आइतबार पर्साको पाँचगावामा एमाले पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम तथा जनसभामा बोल्दै ओलीले आगामी निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सके मात्रै एमालेको मिसन ०८४ सफल हुने बताए। 

मधेशका सामाजिक र आर्थिक समस्या तथा सिंगो विकासका सन्दर्भमा एमाले जानकार रहेकाले यहाँको विकास एमालेले नै गर्ने उनको दाबी छ। देशभरका एमाले नेता–कार्यकर्ता अहिलेदेखि नै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउँदै उनले अब आर्थिक उन्नति हुने क्रान्तिका लागि लाग्नुपर्नेमा जोड दिए।

किसानको जीवनस्तर उकास्न कृषिलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन पाटीका नेता–कार्यकर्तालाई ओलीले आग्रह गरे। तराई–मधेशका एक लाख २५ हजार बिघाभन्दा बढी जग्गामा सिँचाइका लागि सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजना निर्माणको काम पनि एमाले नेतृत्वकै सरकारले अघि बढाएको उनले बताए।

हुलाकी राजमार्ग क्षेत्रमा १० वटा स्मार्ट सिटी बनाउने योजना एमाले र अहिलेको सरकारको रहेको उनले सुनाए।

प्रधानमन्त्री ओलीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एक सय किलोको माला लगाइदिएर पर्सामा स्वागत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्