समसामयिक :

लायन्स क्लबको एरिया मिट वीरगञ्जमा सम्पन्न

आइतबार, फागुन ६, २०८०

वीरगञ्ज। लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपाल अन्तर्गत रहेको एरिया नम्बर ३ को एरिया मिट आज वीरगञ्जको होटल मकालुमा भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन एवं एलसिआइएफ कोर्डिनेटर लायन डा.रमेश अग्रवालले लायन्स क्लब मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था हो ।

“हामी सेवा गर्छौं” भन्ने मुल नारा लिएर सामाजिक सेवामा समर्पित लायन्स क्लबले लामो समयदेखि विश्वका अधिकांश मुलुकहरुमा मानवीय सेवाका कामहरु गर्दै आएको बताउनु भयो ।

त्यसैगरि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन डि.एन.अग्रवालले एरिया नम्बर ३ अन्तर्गतको वीरगञ्ज, जीतपुर, सिमरा, कलैया र गन्जभवानीपुरका लायन्स क्लबहरुले उत्कृष्ट सेवामूलक कार्यहरु गर्दै आएकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्दै लायन्स क्लब ईन्टरनेशनलको आर्थिक सहयोगमा नेपालका विभिन्न स्थानहरुमा लायन्सका सेवामुलक परियोजनाहरु संचालनमा रहेको बताउनु भयो । 

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपालका एरिया चिफ पिएमजेएफ लायन उमेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका पुर्व डिष्ट्रीक्ट गभर्नरद्वय लायन डा.आर.पी.खेतान, लायन राजकुमार सिंधि, क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, डिष्ट्रीक्ट एक्ज्यूकेटिभ चिफद्वय लायन प्रकाश बाहेती, लायन सन्दिप केडिया लगायतले आ–आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

सोहि अवसरमा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपालको आगामी अप्रिल महिनामा वीरगञ्जमा हुन लागेको डिष्ट्रीक्ट कन्भेन्सनमा द्वितीय उपाध्यक्ष पदको लागि लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसको तर्फबाट लायन उमेश साह कानु र लायन्स क्लब अफ वीरगञ्ज गेटवेको तर्फबाट लायन रामबिहारी पाण्डले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

कार्यक्रमको सहजीकरण लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपालका एरिया सेक्रेटरी लायन श्याम गुप्ताले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय