अनलाईन चिट्ठा ठगी :

समाचार प्रभाव : करोडौ ठगेर स्टार डिजिटल वर्ल्डका संचालक फरार ! कार्यालय बन्द

'फेसबुक पेजमा अनलाईन चिठा लाईभ गरेको भिडियो समेत हटाईयो'
आइतबार, माघ २८, २०८०

वीरगञ्ज, २८ माघ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडिहारीमा केही महिना अगाडी बाट मात्र संचालनमा आएको स्टार डिजिटल वल्र्ड प्राइभेट लिमिटेडले सर्वसाधारणको करोडौ रुपैया ठगेर फरार भएको खबर प्राप्त भएको छ ।

केही दिन अगाडी यस अनलाईनले चिठाको नाममा सर्वसाधारणलाई करोडौ ठग्दै स्टार डिजिटल वल्र्ड प्राली शिर्षक राखेर समाचार  प्रकाशन गरेपछि संचालकहरु सोही दिन देखी कार्यालय बन्द गरेर फरार भएका छन ।

स्टार डिजिटलले गरेको ठगीको समाचार प्रकाशमा आएपछि किस्ताबन्दी खेल्ने सदस्यहरुलाई स्टार डिजिटल वल्र्ड नामक फेसबुक पेज मार्फत गएको जनवरी ४ मा लाईभ चिठा सञ्चालन गरेको भिडियो समेत डिलिट गरिएको छ ।

उक्त भिडियोमा लाईभ अनलाईन चिठा खेलाईरहेका राकेश कुमार वर्णवालको १ घण्टा २९ मिनटको भिडियो अहिले पनि यस अनलाईन संग सुरक्षीत रहेको छ ।

कम्पनिका संचालक जितेन्द्र कुमार सिंहले गोला प्रथा मार्फत विभिन्न गोप्य ठाउहरुमा चिठा खोल्ने गरेका थिए ।

केही महिना देखी सञ्चालनमा आएको स्टार डिजिटल वल्र्डले ईलोक्ट्रोनिक समानहरु एसेम्बलीङ्गको नाममा अनलाईन चिठा सञ्चालन गरेर सर्वसाधारणलाई ठगीरहेको थियो ।

वीरगञ्जमा मात्र चिठा र किस्ता बन्दीको सदस्य बनाएर प्रवेश शुल्क ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनीधी मार्फत लिने गरेको थियो ।

स्टार डिजिटल वल्र्डमा अहिले सम्म करिव ४ हजार ५ सय जना सदस्यहरु सहभागी हुदै आएका थिए ।

स्टार डिजिटल वल्र्डले सहभागी सदस्यहरुबाट मासिक रुपमा मात्रै ५२ लाख ८७ हजार ५ सय रुपैया अशुल्दै आएको थियो ।

स्टार डिजिटल वल्र्डले लिएको अनुमतिमा आयात सम्बन्धी कारोवार, विशिष्टीकृत पसलहरुमा घरायसी प्रयोजनका भाडाकुडाहरु फर्निचर, बिजली वतीका उपकरण र अन्य घरायसी वस्तुहरुको खुद्रा विक्री, खरिदकर्ता एवम विक्रीकर्ता विच मध्यस्त भई थोक विक्रि गर्ने क्रियाकलाप तथा मुख्य व्यवसायको प्रतिनिधी भई साथै ईन्टरनेट मार्फत व्यापारीक कारोवारहरु गर्ने उल्लेख छ ।

यस्तै खाद्यय पेय पदार्थ वा सुर्तीजन्य वस्तुहरुको बाहुल्यता रहेको विशिष्टीकृत नगरिएका पसलहरुमा गरिने खुद्रा विक्रि, विशिष्टिकृत नगरिएका पसलहरुमा अन्य खुद्रा विक्रि गर्न अनुमती लिएको भएपनि अनलाईन चिठा खेलाईरहेको थियो ।

स्टार डिजिटलले मधेश प्रदेशका सबै जिल्ला र सिमावर्ती देश भारतका केही शहरका सोझा साझालाई सदस्य बनाएर प्रलोभनमा पारी करोडौ रुपैया ठगरिहेको थियो ।

उक्त प्रालीले कम्पनि रजिस्टारको कार्यालयमा खरिद विक्रि गर्ने उदेश्यले संस्था दर्ता गरेपनि उदेश्य विपरित चिठा र किस्ताबन्दीको नाममा ठगी गरिहेको भेटिएको थियो ।

उक्त कम्पनिका संचालक जितेन्द्र कुमार सिंहले देशको आर्थिक नगरी विरगञ्ज सहित विभिन्न स्थानहरुमा चिठा र किस्ताबन्दीको नाममा कराडौ ठगेर फरार भएका हुन ।

मासिक पिच्छै चिठा किस्ताबन्दीको नाममा मोटरसाईकल, स्कुटी, एयर कन्डिशन, फ्रिज, कुलर, मोबाईल, सुन, टिभी, वुफर र वाशिगं मेशिन सहितका विभिन्न समाग्री देखाउदै सोझा साझालाई ठग्ने गरेको पाइएको छ ।

चिठा एन २०२५ को दफा २ मा चिठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ ।तर दफा ३ मा नेपाल सरकारको स्वीकृती लिएर चिठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।३ को उप दफा क मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धी कार्यको सहायतार्थ चिठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिठा खोल्दा चिठा विक्रि भई प्राप्त भएको कुल रकम मध्ये बाट ६० प्रतिशत पुरस्कारमा बाडिने छ ।

त्यसपछि बाकी हुन आएको रकमलाई सम्बधीत संस्थाले परोपकारी सार्वजनिक हित सम्बधी र चिठा सञ्चालन सम्बन्धी काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।

तर गैर कानुनी रुपले चिठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय