ठगी :

चिठाको नाममा सर्वसाधारणको करोडौ ठग्दै 'स्टार डिजिटल वर्ल्ड' ! प्रहरी प्रशासन किन मौन ? (भिडियो सहित)

'सदस्यहरुबाट मासिक रुपमा मात्रै ५२ लाख ८७ हजार ५ सय रुपैया अशुल्दै'
मंगलबार, माघ २३, २०८०

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडिहारीमा रहेको स्टार डिजिटल वल्र्ड प्राइभेट लिमिटेडले अनलाईन चिठाको नाममा सर्वसाधारणलाई ठग्दै गरेको रहस्य बाहिरिएको छ ।

केही महिना देखी सञ्चालनमा आएको स्टार डिजिटलले ईलोक्ट्रोनिक समानहरु एसेम्बलीङ्गको नाममा अनलाईन चिठा सञ्चालन गरेर सर्वसाधारणलाई ठग्दै गरेको रहस्य बाहिरिएको हो । 

वीरगञ्जमा मात्र चिठा र किस्ता बन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनीधी मार्फत जम्मा गर्ने गरेका छन ।

स्टार डिजिटल वल्र्डका एक कर्मचारीका अनुसार अहिले सम्म करिव ४ हजार ५ सय जना सदस्यहरु सहभागी हुदै आएका छन । स्टार डिजिटल वल्र्डले सहभागी सदस्यहरुबाट मासिक रुपमा मात्रै ५२ लाख ८७ हजार ५ सय रुपैया अशुल्दै आएको छ । 

स्टार डिजिटल वल्र्डले लिएको अनुमतिमा आयात सम्बन्धी कारोवार, विशिष्टीकृत पसलहरुमा घरायसी प्रयोजनका भाडाकुडाहरु फर्निचर, बिजली वतीका उपकरण र अन्य घरायसी वस्तुहरुको खुद्रा विक्री, खरिदकर्ता एवम विक्रीकर्ता विच मध्यस्त भई थोक विक्रि गर्ने क्रियाकलाप तथा मुख्य व्यवसायको प्रतिनिधी भई साथै ईन्टरनेट मार्फत व्यापारीक कारोवारहरु गर्ने उल्लेख छ । 

यस्तै खाद्यय पेय पदार्थ वा सुर्तीजन्य वस्तुहरुको बाहुल्यता रहेको विशिष्टीकृत नगरिएका पसलहरुमा गरिने खुद्रा विक्रि, विशिष्टिकृत नगरिएका पसलहरुमा अन्य खुद्रा विक्रि गर्न अनुमती लिएको भएपनि अनलाईन चिठा खेलाईरहेको पाईएको छ ।

स्टार डिजिटलले मधेश प्रदेशका सबै जिल्ला र सिमावर्ती देश भारतका केही शहरका सोझा साझालाई सदस्य बनाएर प्रलोभनमा पारी करोडौ रुपैया ठगरिहेको फेला परेको हो । उक्त प्रालीले कम्पनि रजिस्टारको कार्यालयमा खरिद विक्रि गर्ने उदेश्यले संस्था दर्ता गरेपनि उदेश्य विपरित चिठा र किस्ताबन्दीको नाममा ठगी गरिहेको भेटिएको छ ।

उक्त कम्पनिका संचालक जितेन्द्र कुमार सिंहले देशको आर्थिक नगरी विरगञ्ज सहित विभिन्न स्थानहरुमा चिठा र किस्ताबन्दीको नाममा कराडौ ठगरिहेका छन । किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयूव तथा स्टार डिजिटल वल्र्ड नामक फेसबुक पेज मार्फत लाईभ चिठा सञ्चालन गर्ने गरेका छन ।

कम्पनिका संचालक जितेन्द्र कुमार सिंहले गोला प्रथा मार्फत विभिन्न गोप्य ठाउहरुमा चिठा खोल्ने गरेका छन । गएको जनवरी ४ मा पहिलो किस्ता वापतको चिठा स्टार डिजिटलको फेसबुक पेजमै लाईभ गरेर सञ्चालन गरिएको अहिले पनि उक्त कमपनिको पेजमा भिडियो हेर्न सकिन्छ ।

मासिक पिच्छै चिठा किस्ताबन्दीको नाममा मोटरसाईकल, स्कुटी, एयर कन्डिशन, फ्रिज, कुलर, मोबाईल, सुन, टिभी, वुफर र वाशिगं मेशिन सहितका विभिन्न समाग्री देखाउदै सोझा साझालाई ठग्ने गरेको पाइएको छ । 

चिठा एन २०२५ को दफा २ मा चिठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्वीकृती लिएर चिठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उप दफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धी कार्यको सहायतार्थ चिठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिठा खोल्दा चिठा विक्रि भई प्राप्त भएको कुल रकम मध्ये बाट ६० प्रतिशत पुरस्कारमा बाडिने छ ।

त्यसपछि बाकी हुन आएको रकमलाई सम्बधीत संस्थाले परोपकारी सार्वजनिक हित सम्बधी र चिठा सञ्चालन सम्बन्धी काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैर कानुनी रुपले चिठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।  

विगत केही समय देखी अवैध तरिकाले सञ्चालनमा रहेको स्टार डिजिटल वल्र्ड प्रालीले सर्वसाधारणलाई ठगिरहेपनि स्थानीय प्रहरी प्रशासनले कुनै चासो नलिनु रहस्यको विषय बनेको छ । स्रोतका अनुसार अवैध तरिकाले सञ्चालनमा रहेको स्टार डिजिटल वल्र्ड प्रालीलाई कार्यवाही गर्नुको साटो प्रहरी प्रशासनले संरक्षण गरेर आर्थिक लाभ लिईरहेको स्रोतले जनायो ।

IMG_20240206_230356_copy_768x10241707240575.jpg

IMG_20240206_230419_copy_768x10241707240575.jpg

IMG_20240206_230327_copy_768x5761707240570.jpg

IMG_20240206_230226_copy_768x10241707240573.jpg

IMG_20240206_230306_copy_768x5761707240572.jpg

IMG_20240206_2305141707240355.jpg

IMG_20240206_2304401707240354.jpg

IMG_20240206_2306551707240360.jpg

IMG_20240206_2305521707240358.jpg

प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय