समसामयिक :

लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीद्वारा व्हिल चेयर वितरण

मंगलबार, माघ २३, २०८०

वीरगञ्ज, माघ २३ । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र विजयपथले लामो समयदेखि शारीरिक रुपले असक्त रहेकी एकजना वृद्धालाई व्हिल चेयर वितरण गरेको छ ।

वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी ईन्टरनेशनल स्कुल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि वीरगञ्ज महानगरपालिका वडा नं. २४ निवासी सुबेदा अन्सारीनलाई एक थान व्हिल चेयर वितरण गरिएको लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष लायन मेहर यादवले बताउनु भयो ।

व्हिल चेयर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन एवं एलसिआइएफ कोर्डिनेटर लायन डा.रमेश अग्रवालले लायन्स क्लब मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था हो ।

“हामी सेवा गर्छौं” भन्ने मुल नारा लिएर सामाजिक सेवामा समर्पित लायन्स क्लबले लामो समयदेखि विश्वका अधिकांश मुलुकहरुमा मानवीय सेवाका कामहरु गर्दै आएको छ ।

फरक क्षमता भएका तर अवसर नपाएकाहरु लायन्सको प्रमुख प्राथामिकतामा रहेको अग्रवालले बताउनु भयो ।

त्यसैगरि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन डि.एन.अग्रवालले कार्यक्रमको प्रशंसा गर्दै क्लबले आगामी दिनहरुमा पनि मानवीय सेवाका कामहरुलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै लायन्स क्लब ईन्टरनेशनलको आर्थिक सहयोगमा नेपालका विभिन्न स्थानहरुमा लायन्सका सेवामुलक परियोजनाहरु संचालनमा रहेको बताउनु भयो ।

लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष लायन मेहर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन डि.एन.अग्रवाल, पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा.रमेश अग्रवाल, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, एरिया नम्बर ३ का एरिया चिफ पिएमजेएफ लायन उमेश शर्मा,

एरिया ट्रेजर लायन आश्मा सिंह यादव, पुर्व डिष्ट्रिक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सलमा खातुन, परिवारका उपाध्यक्ष लायन नरोत्तम पाण्डे, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन अजय साह, लायन जितेन्द्र चौधरी लगायत विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन अजय साह, लायन जितेन्द्र चौधरी लगायत विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय