लागुऔषध :

पर्सा प्रहरीद्वारा १०० ग्राम खैरो हिरोइन सहित ३ जना पक्राउ

बुधबार, माघ १७, २०८०

वीरगन्ज — लागूऔषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थसहित पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी बसपार्क बाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ स्थित सडक खण्डमा शंकास्पद अवस्थामा देखिएपछि खानतलासी गर्दा १०० ग्राम सेतो हिरोइन जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– १६ बस्ने ६१ वर्षीय राजबली महतो, ४५ वर्षीय मनोहर महतो र वाराको परवानीपुर गाउँपालिका– ५ निवासी ३७ वर्षीय अवधेश प्रसाद पटेल रहेको प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार शंकास्पद रुपमा बाटोको छेउमा उभिएर ३ जना कुराकानी गरेको देखिएपछि प्रहरी टोलीले खनतलासी गरेको थियो ।

डिएसपी थापाका अनुसार राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागू औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको थियो ।

यसैगरी मनोहर महतोले लगाएको ज्याकेटको खल्तीबाट पनि सेतो रंगको प्लाष्टिकमा बेरी राखेको अवस्थामा लागू औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको थियो ।

उनीहरुसँगै रहेका अवधेश पटेललाई समेत नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय