समसामयिक :

विर्ता प्रहरीद्वारा मातहतका युनिटलाई आगो निभाउने उपकरण वितरण

सोमबार, पुस १६, २०८०

वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले मातहतका सबै कार्यालयमा आगो निभाउने उपकरण (फायर इक्सटिज्युसर) उपलब्ध गराएको छ ।

नेपाल प्रहरीको कार्य योजनामा व्यवस्था भए बमोजिम मातहतका ९ वटा प्रहरी कार्यालयलाई १० थान आगो निभाउने उपकरण वितरण गरिएको हो । 

महाविर ग्रुपका सञ्चालक रत्नलाल केडियाले उपलब्ध गराएको उपकरण प्रहरी चौकी नगवा, ईनर्वा प्रहरी चौकी, प्रहरी चौकी आदर्शनगर, सीमा प्रहरी चौकी छपकैया, अस्थायी प्रहरी पोस्ट भकुवा, प्रहरी चौकी ईनर्वा गाउँ लगायत ९ वटा कार्यालयलाई प्रदान गरिएको विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

बोगटीकाअनुसार सोही अवसरमा हतियार सफा गर्ने उपकरण (ह्विपन क्लियरींग पिट) पनि वितरण गरिएको छ ।

यो उपकरण यसअघि नभएर समस्या भएको हुँदा अब समस्या नहुने उनको विश्वास छ । 

यस्तै विर्ता प्रहरी कार्यालयमा थुनुवाहरुको लागि पुस्तकालय पनि सञ्चालनमा ल्याएको प्रहरी निरीक्षक बोगटीले बताए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी, महाविर ग्रुपका सञ्चालक रत्नलाल केडिया लगायतको उपस्थितीमा ति सामग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय