खेलकूद :

वीरगञ्ज गोल्डकप : भेट्रान्स सिटी क्लब वीरगन्ज विजयी

शनिबार, कात्तिक १८, २०८०

वीरगञ्ज। प्रथम वीरगन्ज गोल्डकपको पहिलो खेलमा भेट्रान्स सिटी क्लब वीरगन्जले भारत दिल्लीको गडवाल डायमन्ड फुटबल क्लबलाई १ को विरुद्ध ३ गोलले पराजित गरेको छ ।

खेलको निर्धारित समयमा कुनै पनि टीमले गोल प्रहार गर्न नसकेपछि पेनाल्टी सुट आउट गरिएको थियो ।

आयोजक भेट्रान्स सिटीका सुशान्त थापा, नविन लामा र जनक कार्कीले एक/एक गोल प्रहार गरेका थिए ।

भेट्रान्सका कप्तान कृष्ण शाक्यले पहार गरेको पहिलो पेनाल्टी सट गडवाल डायमन्ड क्लबका गोलकिपर हर्षित बिष्टले रोकेका थिए ।

गडवाल डायमन्ड फुटबल क्लबका सुमित कद्यान, सन्कल्प सिंह र अन्जुल परिशरले प्रहार गरेका पेनाल्टी सट भेट्रान्स सिटीका गोलकिपर राजु नगरकोटीले रोकेका थिए ।

डायमन्डका अजय विष्टको पेनाल्टी सट मात्र गोलमा परिणत भएको थियो ।

टाई ब्रेकरमा ३ वटा पेनाल्टी प्रहार रोकेका भेट्रान्स सिटी क्लबका गोलकिपर राजु नगरकोटी म्यान आफ दि म्याच घोषित भएका थिए ।

मधेश प्रदेशकै उच्च धनराशी भएको प्रथम वीरगन्ज गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् ।

वीरगन्ज गोल्डकपमा भारतका दुई र नेपालका ६ वटा गरि ८ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् ।

आइतबार हुने दोस्रो खेलमा संकटा क्लब र चर्च ब्वाईज युनाइटेडले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

गोल्डकप उद्घाटन कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विगतमा खेलकुदका लागि उर्वर भूमि रहेको वीरगन्जमा अहिले खेलकुद गतिविधी सुस्त बनेकोमा चिन्ता व्यक्त गरेका थिए ।

गोल्डकप आयोजना गर्न आदर्शनगर खेल मैदानमा अस्थाई प्याराफिट निर्माण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय